१० साउन २०८३, आइतबार

भ्रष्टाचार विरोधी अभियानलाई कुनै सम्झौता नगरी अगाडि बढाउँछौं : उपप्रधानमन्त्री श्रेष्ठ

भदौ २०, २०८०
चितवन
भ्रष्टाचार विरोधी अभियानलाई कुनै सम्झौता नगरी अगाडि बढाउँछौं : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई विश्राम नदिइ अगाडि बढाउने बताएका छन् । 

बुधवार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस अभियानमा सम्झौता नगरी अगाडि बढ्ने बताएका हुन् ।

“यो मेरो मात्रै नभई सरकारको पनि सङ्कल्प हो । यस अभियानलाई विश्राम लिने छैनौं”, मन्त्री श्रेष्ठले भने । 

यस अभियानलाई देशका सबै बुद्धिजीवी, नागरिक समाजले साथ दिइरहेको भन्दै उनले सबैप्रति आभार व्यक्त गरे । भ्रष्टाचार विरोधी कतिपय कदम चाल्दा अप्ठ्याराले आफूहरूलाई समस्या पारेको भन्दै उनले भने, “हाम्रो मिसन र ध्येयमा हामी सम्झौता गर्ने छैनौं ।”
 
‘सरकार तथा गृहमन्त्री दृढताका साथ टिक्छन् त ?’ भन्ने चिन्ता र चासो आम जनसमुदायमा रहेको आफूले अनुभूति गरेको भन्दै मन्त्री श्रेष्ठले यस बीचमा भएका कतिपय घटनाक्रमले जनसमुदायमा चासो बढाउनु स्वाभाविक भए पनि सरकार भ्रष्टाचार विरोधी अभियानमा प्रतिबद्ध रहेको बताए ।

उनले भने, “यो सरकार भ्रष्टाचार, तस्करी, कालोबजारी, दण्डहीनता, ठगीको विरुद्धमा उभिएको छ । यस अभियानलाई निरन्तरता दिनेछौं ।”

सरकारी जग्गा, सुन तस्करी र शरणार्थी प्रकरणका अपराधी तथा तस्करलाई कानूनको कठघरामा उभ्याएरै छोड्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता थियो ।

salt training

कमेन्ट गर्नुहोस्