![खुकुरी प्रहार प्रकरण– सहमहामन्त्री यादवलाई भेट्न कांग्रेस नेताहरू ट्रमा सेन्टरमा [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/congress_leaders-_3Fx8PC4krO.jpg)
खुकुरी प्रहारबाट घाइते भएका कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलाई भेट्न पार्टीका नेताहरू ट्रमा सेन्टर पुगेका छन् ।
यादवलाई भेट्न आनन्द ढुंगाना, उदयशमशेर राणा, शंकर भण्डारी, चित्रलेखा यादव, सरिता प्रसाईंलगायत कांग्रेस नेताहरू उपचारत ट्रमा सेन्टरमा पुगेका हुन् ।
सहमहामन्त्री यादवमाथि बुधवार काठमाडौंमा खुकुरी प्रहार भएको थियो । दिउँसो रिर्पोटर्स क्लबको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार भएको हो । टाउकोमा चोट लागेका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दियो ।
यादवलाइ खुकुरी प्रहार गर्ने श्याम सापकोटा पक्राउ परेका छन् । नुवाकोट विदुर नगरपालिको ४७ वर्षका श्याम सापकोटाले खु्कुरी हानेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलले लोकान्तरलाई जानकारी दिए । पक्राउ परेका सापकोटाले आफूलाई राजावादी भएको बताएका छन् ।


