११ साउन २०८३, सोमबार

ट्रमा सेन्टरले भन्यो– कांग्रेस सहमहामन्त्री यादवको स्वास्थ्य स्थिर छ

भदौ २०, २०८०
काठमाडौं
ट्रमा सेन्टरले भन्यो– कांग्रेस सहमहामन्त्री यादवको स्वास्थ्य स्थिर छ

राष्ट्रिय ट्रमा सेन्टरले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य स्थिर रहेको जनाएको छ ।

त्यहाँका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ड डा बद्री रिजालले बुधवार साँझ एक विज्ञप्ति जारी गर्दै यादवको स्वास्थ्य स्थिर रहेको जनाएका हुन् । 

घाइतेको टाउको सिटी स्क्यान गर्दा कुनै पनि आन्तरिक चोट नदेखिएको सेन्टरले जनाएको छ ।

घाउमा १० टाँका लगाइएकाले उनको अहिले रक्तश्राप रोकिएको विज्ञप्तिमा उल्लेख छ । 

‘हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा आईसीयूमा उपचार भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।  

सहमहामन्त्री यादवमाथि बुधवार काठमाडौंमा खुकुरी प्रहार भएको थियो । दिउँसो रिपोटर्स क्लबको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार भएको हो । 

नुवाकोट विदुर नगरपालिको ४७ वर्षका श्याम सापकोटाले खुकुरी हानेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलले लोकान्तरलाई जानकारी दिएका छन् । 

यादवलाइ खुकुरी प्रहार गर्ने सापकोटा पक्राउ परिसकेका छन् । पक्राउ परेका उनले आफूलाई राजावादी भएको बताएका छन् ।

null
 

salt training

कमेन्ट गर्नुहोस्