×

NMB BANK
NIC ASIA

दयाहाङ राई र विपिन कार्की आमनेसामने

काठमाडाैं | भदौ २१, २०८०

NTC
Premier Steels

अहिलेका दुई हिट अभिनेता दयाहाङ राई र विपिन कार्कीबीच बक्स अफिसमा भिडन्त हुने भएको छ । 

Muktinath Bank

दर्शकले रुचाएका यी अभिनेताका फिल्म एकैदिनबाट प्रदर्शनमा आउने भएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दयाहाङको मुख्य भूमिका रहेको फिल्म ‘नाङ्गो गाउँ’ र विपिनको मुख्य भूमिका रहेको फिल्म ‘एक भगवत् गीता’ भदौ २९ गतेबाट प्रदर्शनमा आउँदैछन् । 


Advertisment
Nabil box
Kumari

अभिनयको बलले दर्शकको मन जितेका दुवै अभिनेताका फिल्मलाई प्रतीक्षित रुपमा हेरिएको छ । 

Vianet communication

दीपेन्द्र लामाको निर्देशन रहेको ‘नाङ्गो गाउँ’मा दयाहाङसँगै मिरुना मगर, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर बाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झालगायतको अभिनय छ । राजनीतिक पृष्ठभूमिमा केन्द्रित रहेर निर्माण गरिएको फिल्मले खराब नेता चुन्ने जनतामाथि प्रश्न गर्ने निर्माण पक्षले जनाएको छ । 

त्यस्तै, झरना थापाको निर्देशन रहेको ‘एक भगवत् गीता’मा विपिनसँगै सुहाना थापा, धिरज मगर, जेभिस र जेभिन श्रेष्ठ, कबीर खड्का, संजोग रसाईली लगायतको अभिनय छ । यो फिल्म सामाजिक–सांस्कृतिक कथामा निर्माण भएको हो । लैंगिक अल्पसंख्यक (किन्नर समुदाय)को कथा फिल्मले उठान गरेको छ ।

यसमा विपिनले निर्वाह गरेको कमलामाईको चरित्र अहिले चर्चामा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x