०१ साउन २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकद्वारा जलवायु परिवर्तन न्यूनीकरण गर्न सहकार्य गर्ने प्रतिबद्धता

भदौ २२, २०८०
काठमाडौं
अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकद्वारा जलवायु परिवर्तन न्यूनीकरण गर्न सहकार्य गर्ने प्रतिबद्धता

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकका नेताहरूले जलवायु परिवर्तनले निम्त्याएको ‘अस्तित्व खतरा’को सामना गर्न दुवै संस्थाबीच अझ नजिकबाट सहकार्य गर्ने घोषणा गरेका छन् ।

'जलवायु परिवर्तन विश्व शान्ति, सुरक्षा, आर्थिक स्थिरता र विकासका लागि खतरा हो,' अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभा र विश्व बैंकका अध्यक्ष अजय बंगाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

दुई ऋणदाताहरूले सबै सदस्य देशहरूलाई जलवायु र विकास लक्ष्य एकीकृत गर्न आवश्यक रहेको बताएका छन् । 

दुवै नेताले जलवायु परिवर्तनको मुद्दासँगै सदस्य राष्ट्रहरूमा ऋणको जोखिम बढ्न नदिन थप नजिकबाट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनीहरूले सदस्य राष्ट्रहरूलाई ‘नयाँ डिजिटल टेक्नोलोजी’को फाइदा लिन र जोखिमहरू कम गर्न, सीमापार भुक्तानी सुधार गर्ने तरिकाहरूसहित’ सहयोग बढाउने घोषणा पनि गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्