२३ जेठ २०८३, शनिबार

निजामती सेवा दिवस मनाइँदै, यी हुन् पुरस्कृत हुने ४० कर्मचारी [सूची]

भदौ २२, २०८०
काठमाडौं
निजामती सेवा दिवस मनाइँदै, यी हुन् पुरस्कृत हुने ४० कर्मचारी [सूची]

निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीको नाम सार्वजनिक गरिएको छ ।

उत्कृष्ट काम गरेका ४० जना निजामती कर्मचारीलाई पुरस्कृत गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिने भएको हो । 

एक जनालाई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिँदै आएको भए पनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भने भेटाएन।

बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकबाट ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । 

आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो ।

विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो ।

हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ ।

दिवसका अवसरमा आज विहान प्रभातफेरी हुँदैछ भने सोही अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिँदै छ ।

यी हुन् पुरस्कृत हुने कर्मचारी

null

salt training

कमेन्ट गर्नुहोस्