२९ असार २०८३, सोमबार

६० किलो सुन तस्करी प्रकरण : बाराका एक सुनचाँदी व्यवसायी पक्राउ

भदौ २२, २०८०
काठमाडौं
६० किलो सुन तस्करी प्रकरण : बाराका एक सुनचाँदी व्यवसायी पक्राउ

६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रकरणको अनुसन्धानका क्रममा बाराका सुनचाँदी व्यवसायी शिवकुमार सरार्फलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । 

बिहीबार राति उनलाई बाराबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुँवेर कडायतले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार योसँगै ६० किलो सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ ।

साउन २ गते त्रिभुवन विमानस्थल भन्सार पास भएर बाहिरिएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

हङकङबाट आएको उक्त सुनसम्बन्धी प्रारम्भिक अनुसन्धान गरेर विभागले बाँकी अनुसन्धान सीआईबीलाई सुम्पिएको थियो ।

२ गते पक्राउ परेका व्यक्तिलाई समेत ३ गते मात्र पक्राउ पुर्जी दिइएकाले त्यसको ६० दिन अर्थात् आगामी शुक्रवारभित्र अदालतमा मुद्दा दायर भइसक्नुपर्छ । 

सरकारी वकिललाई मुद्दा अभियोजनको तयारीका लागि समेत समय लाग्ने भएकाले सीआईलाई अनुसन्धान सक्न अब ४/५ दिनको मात्र समय बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्