३१ जेठ २०८३, आइतबार

उदयपुरको बेलकामा ३४ वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

भदौ २२, २०८०
उदयपुर
उदयपुरको बेलकामा ३४ वर्षीया महिला बलात्कृत, एक जना पक्राउ
फाइल फोटो

उदयपुरमा ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका २ का ३१ वर्षीय राजेश तामाङ छन् । उनलाई प्रहरीले बिहीवार साँझ पक्राउ गरेको हो । 

तामाङले ती महिलालाई बुधवार साँझ उदयपुरको बेलका नगरपालिका ८ धोपास्थित पाखा बारीमा लगेर बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो । 

सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीलाबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्