०३ असार २०८३, बुधबार

बिर्सने रोगको खतरालाई कम गर्न यी पाँच कुरामा ध्यान दिनुस् !

कात्तिक २०, २०७४
बिर्सने रोगको खतरालाई कम गर्न यी पाँच कुरामा ध्यान दिनुस् !


काठमाडौं, ३ असोज– ६५ वर्षको उमेर पुगिसकेका वृद्धवृद्धामा विर्सने समस्या छ भने हामी बुढेसकाल लागेको भनेर व्यवास्ता गछौं । तर त्यो बुढेसकाल नभइ अल्झाइमर अर्थात बिर्सने रोग हो । यसलाई बुढेसकालको समान्य कुरा संझेर स्वास्थ्यमा ध्यान दिइएन भने अनाहकमै विरामीको मृत्यु हुन सक्छ ।

बिर्सने रोगको निदान नै त सम्भब छैन तर यसलाई नियन्त्रण गर्न सकेमा १० देखि १५ वर्ष सम्म आयु लम्ब्याउन भने सकिन्छ । विर्सने रोगको खतरालाई कम गर्न स्वस्थ दिमाग र स्वस्थ जीवनशैली अपनाउनु पर्छ । स्वस्थ दिमागको लागि सन्तुलित खाना संगै शरीर र दिमागको पनि कसरत हुनु आवश्यक छ ।

बिर्सने रोगको खतरालाई कम गर्न ध्यान दिनुपर्ने पाँच कुरा

१. आफ्नो मुटुको हेर बिचार राम्रोसंग गर्नुपर्छ ।
धूम्रपान,उच्च रक्तचाप, रगतमा बढी बोसोको मात्रा, मधुमेहतथा मोटोपनाले शरीरमा भएको रक्त नली र रक्त कोषिकालाई हानि पु¥याउछ । जसले हृदयाघात र पक्षघाट हुन सक्छ । यि अवस्थाले बिर्सने रोगको खतरालाई बढाउन सहयोग गर्छ । त्यसैले समयमै मुटुलाई स्वस्थ राख्नुपर्छ ।

२. शारीरिक रुपले क्रियाशील रहनु पर्छ ।
तपाई कत्तिको अल्छि हुनुहुन्छ । अल्छिपनाले बिर्सने रोगको खतरा हुन्छ । त्यसैले नियमित रुपमा व्यायम गर्ने बानीले बिर्सने रोगको खतरालाई कम गर्न सकिन्छ ।

३. सन्तुलित, पोषिलो भोजन गर्नुपर्छ ।
हाम्रो दिमाग र शरीरको लागि खानाले इन्धनको रुपमा काम गर्छ । सन्तुलित भोजन र पोषिलो खानाले दिमाग र शरीर दुबैलाई क्रियाशिल बनाउन सहयोग गर्छ । नियमित रुपमा सागपात, गेडागुडी, फलफूल तथा माछा खाने बानीने बिर्सने रोगको खतरालाई कम गर्न सहयोग गर्छ ।

४. मस्तिष्कलाई चुनौती दिने प्रयास गर्नुपर्छ ।
मस्तिष्कलाई चुनौती दिने खालका नयाँ नयाँ काममा सक्रिय हुदा हाम्रो दिमागमा नयाँ मस्तिष्क कोषिकाहरु निर्माण हुन्छ । यसले हाम्रो दिमागलाई चेजीलो बनाउछ र बिर्सने रोग लाग्नबाट जोगाउछ । तर रोग लागिसकेका व्यक्तिलाई भने त्यो सम्भव छैन । तर बिर्सने रोग हुनेहरुले पनि खेलहरु लेख्ने,नयाँ भाषा सिक्ने र दिमागलाई क्रियाशिल बनाउने बानीले यो रोगको खतराबाट कम गर्न सकिन्छ ।

५. समाजिक कार्यमा सहभागि हुनुपर्छ ।
समाजिक कार्य गर्ने बानीले व्यक्तिको मनस्थितिलाई स्वस्थ राख्न, उदासीनतालाई घटाउन र बिर्सने रोगको खतरालाई कम गर्न सहयोग गर्छ । सामाजिक कार्यमा सरिक हुने बानीले व्यक्ति तनाव, चिन्ता र पिडा बाट मुक्त हुन्छ र आनन्द पाप्त गर्छ । जसले बिर्सने रोगको खतराई पनिकम गर्न सहयोग पु¥याउछ ।
(पाटन अस्पतलका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रमेश कडेलसंगको कुराकानीमा आधारित )

salt training

कमेन्ट गर्नुहोस्