फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
काठमाडाैं | भदौ २५, २०८०
मानिसको बानी व्यवहारमा उसले उपयोग गर्ने साधन र प्रविधिले प्रभाव पारेको हुन्छ । प्रविधिसँगै सूचनाको पहुँचले ज्ञान र चेतनामा तहल्का मच्चाएको छ । समाज दूरीविहीन छ । सूचना र समाचार प्रत्यक्ष हेर्न र दोहोरो कुरा गर्न पाइने सुविधाले विश्व साँघुरो भइसकेको छ ।
गोजीको मोबाइल डिभाइस र इन्टरनेटको सुविधाबाट हामी विश्वसँग निकट भई न्यु सञ्चारमाध्यम पूर्ण उपयोग गर्न सकेका छौं । कुनै विषयमा तुरुन्त जानकारी प्राप्त गर्नका लागि अरू कसैको सहयोग लिन आवश्यक देखिँदैन । प्रविधि सहायक बनेको छ ।
विश्वका कुनै पनि सूचना, समाचार र मनोरञ्जनका विषय अब पहुँचभन्दा बाहिर छैनन् । फुर्सद भयो कि समय कटाउन र ज्ञान प्राप्त गर्न डिभाइस साथीको रूपमा रहेको छ ।
कुनै पनि सिर्जना र कलाकारिताको प्रस्तुति एव सर्वव्यापकताका लागि अब कुनै स्थान धाउन नपर्ने भएको छ । राम्रो सिर्जनाको स्तरअनुसार आम्दानीको सुनिश्चिततासहित प्रतिक्रिया वा धारणा जान्न सामाजिक सञ्जाल उपयोगी भएको छ ।
सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोगले मानिसको जिन्दगी सहज र सिर्जनशील हुन मद्दत पुगेको छ । अध्ययन अध्यापनमा समेत प्रत्यक्ष जहाँबाट पनि सहजीकरण गर्ने सुविधाले शिक्षाका लागि भौतिक संरचना नचाहिने हो कि भन्ने आभास भएको छ ।
शासकीय प्रणालीमा समेत अनलाइन सेवा, डिजिटल भुक्तानी, अनलाइन प्रतिवेदन, अनुगमन र मूल्याकंन एवं भर्चुअल बैठकजस्ता विषयमा भएका सुविधाले लागत एवं समय वचत हुन सहयोग पुगेको छ । व्यवसाय गर्न सूचना प्रविधिको व्यापक प्रयोगका साथै डिजिटल बैंकिङ सुविधाले अन्य क्रियाकलापमा समेत सहज अवस्था सिर्जना भएको छ ।
ज्ञान बढेको छ । उपयोगिताको सहजता छ । प्रगति उन्नति गर्न, चलाखी गर्न सक्नेलाई संसार एउटा मुठ्ठीमा रहेको भान भएको छ । यी यावत् सुविधाको प्रभाव सकारात्मक मात्र छ भन्ने सोचविरुद्ध विविध प्रकारका उच्छृङ्खलता र अपसोचका विषय पनि सँगै आएका छन् । न्यू मिडिया वा सामाजिक सञ्जालको सबालका विषयमा सन्दर्भको विवेचना गर्न खोजिएको छ ।
विश्वका सूचना र समाचारहरू सामाजिक सञ्जालको माध्यमबाट प्राप्त हुन थालेका छन् । सामाजिक सञ्जाल सबै उमेरका लागि उपयुक्त साथी भएको अनुभूति सबैतिर छ । मनोरञ्जन र ज्ञान प्राप्त गर्नदेखि जीवनका उपयोगी सूचना सामाजिक सञ्जालमा समयअनुसार प्रस्तुत भएका छन् ।
आफ्नो परिवारका सदस्य वा निकट व्यक्तिसँगको सम्पर्क र संवादले टाढाको अनुभूति साँघुरिएको छ । समाजमा घट्ने हरेक घटना तुरुन्तै श्रव्य र दृष्य रूपमै नागरिकसम्म पुगेका छन् ।
सूचना र सञ्चार प्रणालीमा विद्युतीय सञ्चारले समेत तहल्का मच्चिएको छ । सामाजिक सञ्जालका कारण पुराना सञ्चार माध्यमहरूले प्रतिस्पर्धा गर्न नसकेको अवस्था छ । समाजमा सूचना र सञ्चारको बदलिँदो अवस्थाले सञ्चार उद्यमको उत्साहमा समेत ह्रास आएको हो कि भन्ने छ ।
सामाजिक सञ्जालको सहज पहुँचले मानिसमा जागरण र चेतना बढाएको छ । विश्वका सिर्जना, ज्ञानको बहार, मनोरञ्जनको अवसरसहित सूचना र समाचारको पहुँचले मानिसको सोच र विचारमा समेत परिवर्तन ल्याएको छ । कुनै सूचना सम्बन्धित क्षेत्रमा प्रवाह गर्न र सूचना ग्रहण गर्न अब अर्को विकल्प रहेन । व्यक्ति, समाज, राज्य र विश्व समुदायको क्रियाकलापको समय समयका घटनाहरू जान्न र सुन्नका लागि समय कुर्नु नपर्ने र व्यापार व्यवसायको प्रबर्द्धन गर्न समेत सहज वातावरण बन्न पुगेको छ ।
शासन व्यवस्थाको प्रभाव र जनतासँगको निकटता थाहा पाउन पनि सामाजिक सञ्जालको सदुपयोग गर्न बाध्य हुनु परेको छ । मानिसलाई सामाजिक सञ्जालको पहुँचभन्दा टाढा रहन नसक्ने बानी बसिसकेको छ । शिक्षा, स्वास्थ्य र आधारभूत सेवाको अवरोधहरू पनि कम हुँदै गएको छ ।
यी यावत अवसरका बावजुत पनि सामाजिक सञ्जालका चुनौतीहरू बढ्दै गएका छन् । कतिपय देशले सामरिक सुरक्षाको कारण देखाउँदै सामाजिक सञ्जालका प्लेटफर्म बन्द गरेका छन् ।
आज वर्ग विभाजन गर्न, नकारात्मक सूचना प्रवाह गर्न र संवेदनशील विषयलाई बढाइचढाइ प्रस्तुत गरेर सामाजिक सद्भाव बिगार्न सामाजिक सञ्जालको दुरूपयोग हुन थालेको छ ।
सार्वजनिक विषयमा संवेदनशील हुन नसक्दा मानिस मानिसबीच द्वन्द्व र बिग्रह बढ्दै छ । नकारात्मक सन्देशले गर्दा अपराध बढ्ने र अराजकता बढोत्तरी हुने अवस्था आएको छ ।
व्यक्तिको गोपनीयताको हकमा व्यापक हस्तक्षेप र अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग हुन थालेको छ । गलत मनसाय भएका व्यक्तिले साइबर अपराध गर्न सजिलो भएको छ । धम्की दिने, अपहरण गर्ने, गलत सूचना प्रवाह गर्ने र पैसाको मौलाहिजा गर्ने प्रवृत्ति बढ्दै छ ।
राम्रा कुराहरूभन्दा बढी नकारात्मक पक्षपोषणले सामाजिक विग्रहलाई प्रश्रय दिएको छ । सामाजिक सञ्जालको नियमन गर्न शासकीय बोझ बढ्दै गएको छ । अपराधका नयाँ–नयाँ शृंखला बढाउन सामाजिक सञ्जालले मलजल गरेको आरोप छ ।
सार्वजनिक सूचना प्रवाह गर्ने र ज्ञान प्राप्त गर्ने साधनको दुरुपयोगले भोलिको समाज कस्तो हुने हो भन्ने चिन्ता बढ्दै गएको छ । बच्चाहरू भुलाउन सामाजिक सञ्जालका प्लेटफर्मको बढ्दो उपयोगले भावी दिनमा स्वास्थ्यमा पर्ने असरका बारेमा पनि ध्यान दिन नसकेको अवस्था छ ।
अश्लील र अतिरञ्जित सन्देश सामाजिक सञ्जालमा प्रविष्ट गरी भ्युअर बढाउने र आम्दानी गर्ने सोच बढ्दो छ । सन्देश, सूचना र समाचार एवं मनोरञ्जनका विधामा नकारात्मक प्रवृत्ति बढेका कारण आलोचित बनिरहेका छन् ।
यस्तो हुनुमा सामाजिक सञ्जालको दोष होइन, प्रयोगकर्ता र प्रयोग गर्ने विधि, पद्धति एवं नियमनको शून्यता हो भन्ने एउटा पक्ष छ भने अर्को पक्ष सामाजिक सञ्जाल उपयोग गर्ने शिक्षाको कमीलाई पनि लिने गरिएको छ । स्वनियमन हुन नसकेको, सदाचार हराएको र नियमन पद्धतिको बलियो आधार नभएको गुनासो व्यापक छ । सीमारहित प्रणालीको फाइदा लिने भन्दा दुरुपयोग गर्ने प्रवृत्तिमा रोकावट गर्न सकिएन । सामाजिक सञ्जालको सही बाटो पहिल्याइ सामाजिक लाभ लिन निम्न अनुसारको तयारी आवश्यक छः
पहिलो, कुरा स्वनियमन हुनुपर्छ । सामाजिक सञ्जालको सामाजिक दायित्व, जिम्मेवारीमा आफूलाई प्रस्तुत गर्ने गर्नुपर्छ । सामाजिक सदाचारिता र सद्भावको मुख्य आधारमा सामाजिक सञ्जाललाई उपयोग गरौं ।
दोस्रो, व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र गोपनीयताका आधारलाई नभत्काऔं । मैले केही गर्दा अरूलाई के असर पर्छ भन्ने विषयमा विशेष ध्यान दिऔं । तेस्रो, संवेदनशील विषयमा संवेदनशील बनौं । सामाजिक सद्भाव नबिगारौं र वर्गीय पहिचानको संरक्षण गरौं ।
चौथो, सरकारी निकायका सामाजिक सञ्जालका प्लेटफर्महरूलाई सक्रिय बनाई सही सूचना र सन्देश प्रवाह गर्ने परिपाटी बसाऔं र नागरिकसँग जोडौं । पाचौं, सामाजिक सञ्जालको विश्व नियमन र नियन्त्रणको पद्धति विधिलाई अवलम्बन गरी भ्रामक र तथ्यहीन सूचना एवं समाचार प्रविष्ट गर्ने कार्यलाई निरुत्साहित गरौं । छैटौं, सामाजिक सञ्जालका विकृति नियन्त्रण गर्न अन्य कानून तर्जुमा र कार्यान्वयनमा समेत जोडौं र दण्डित गर्न सकिने बनाऔं ।
सातौं, सामाजिक सञ्जालको स्वनियमन गर्न आचारसंहिता, नैतिक बन्धन र दबाबको प्रभावकारिता बढाऔं । सामाजिक सञ्जालबाट फाइदा लिन तथा दुरुपयोग रोक्न सामाजिक सञ्जाल उपयोग गर्ने शिक्षामा जोड दिऔं । आठौं, सामाजिक सञ्जालका प्लेटफर्महरू नियमन गर्ने निकाय र दक्ष जनशक्तिको व्यवस्था गरौं । गलत र भ्रामक सन्देश प्रविष्ट गर्ने र सामाजिक सद्भाव बिथोल्न खोज्ने विषयमा दण्ड सजायको कडा व्यवस्था गरौं ।
नवौं, विद्युतीय सञ्चारसम्बन्धी कानून तर्जुमा गर्ने तथा साइबर कानून समयसापेक्ष बनाई सामाजिक सञ्जालका आपराधिक क्रियाकलाप नियन्त्रण गर्न अन्य कानून समेत आकर्षित हुने व्यवस्था गरौं र दशौं, सामाजिक सञ्जालको नियमन गर्ने विषयलाई कडाइका साथ पालना, गलत र भ्रामक सूचना एवं सन्देशमाथि निगरानी बढाउने तथा गलत विषय प्रविष्ट गर्नेलाई कानूनी दायरामा ल्याई कन्टेन्ट तुरुन्त हटाउनेजस्ता महत्वपूर्ण विषयमा ध्यान दिऔं । विद्युतीय सञ्चारको नियमन गर्ने नीति तय गरौं ।
सामाजिक सञ्जालका प्लेटफर्महरूको सदुपयोग बढाउन सदाचारिता र नैतिक बन्धन ठूलो अस्त्र हो । मानिसले के गर्न हुने र के गर्न नहुने भन्ने विषय महत्त्वपूर्ण छ । क्षणिक मनोरञ्जन र अर्को पक्षको पीडा हुने विषयमा नियन्त्रण गर्ने विधि पद्धतिलाई सक्रिय बनाउन आवश्यक छ । प्रविधि उपयोगको फाइदा लिने र दुरुपयोग हुन नदिन स्वनियमन एवं आचारसंहितासहित कार्यदिशा तय गरी अघि बढौं । हाम्रो सोच र व्यवहारमा आफैं स्वमूल्याकंन गरी समाजको असल पात्र बनौं ।
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...