
युरोपेली आयोगले सन् २०२३ र २०२४ का लागि युरो क्षेत्रको आर्थिक वृद्धिको पूर्वानुमानमा कटौती गरेको छ । सन् २०२३ मा युरो जोनको आर्थिक वृद्धिदर १.१ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो तर, सोमबार त्यसलाई संशोधन गरी ०.८ प्रतिशत कायम गरिएको छ ।
युरोपेली सङ्घ (ईयू) को कार्यकारी प्रशासनिक निकायसमेत रहेको आयोगले सन् २०२३ मा जर्मनीको अर्थतन्त्र ०.४ प्रतिशतले खुम्चिने अनुमान गरेको छ । जर्मनीले आफ्नो विशाल औद्योगिक क्षेत्रमा मन्दीको सामना गरिरहेको छ र निर्यातमा कमजोर प्रदर्शनको सामना गरिरहेको छ । यी दुवै अवस्थाले समग्र अर्थव्यवस्थामा महत्वपूर्ण प्रभाव पार्छ ।
आयोगले आफ्नो प्रतिवेदनमा युक्रेनमा भएको युद्धसँग जोडिएको ऊर्जाको मूल्यमा आएको झट्काका कारण जर्मनी ‘विशेष गरी प्रभावित’ भएको उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२३ मा जर्मनी मात्र विकसित अर्थतन्त्र हुने प्रक्षेपण गरिसकेको छ । युरो क्षेत्र र समग्रमा युरोपेली सङ्घको आर्थिक वृद्धि दर जारी रहनेछ तर यो वर्षको सुरुमा अनुमान गरिएभन्दा कम हुनेछ ।
सन् २०२३ का लागि २७ राष्ट्रसम्मिलित ईयूको आर्थिक वृद्धिदरको अनुमानलाई पनि घटाएर ०.८ प्रतिशतमा झारिएको छ ।
सन् २०२४ मा विश्वका २० देश मिलेर बनेको एकल मुद्रा क्षेत्र (युरोजोन) १.३ प्रतिशतले वृद्धि हुने आयोगले जनाएको छ । ईयूको आर्थिक वृद्धिदर आगामी वर्ष १.४ प्रतिशत रहने अनुमान पनि आयोगले गरेको छ ।
युरोजोन मुद्रास्फीतिको पूर्वानुमानलाई पनि परिमार्जन गरिएको छ । युरोजोन मुद्रास्फीतिको पूर्वानुमान ५.६ प्रतिशतकोतुलनाभन्दा सन् २०२३ मा सामान्य बढी ५.८ प्रतिशत रहने अनुमान गरिएको छ ।युरोजोनमा उपभोक्ता मूल्य सन् २०२४ मा सन् २०२३ को (२.८ प्रतिशत) को तुलनामा २.९ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।