२२ जेठ २०८३, शुक्रबार

राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन- नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्नुस्

भदौ २६, २०८०
काठमाडौं
राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन- नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्नुस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् । 

श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको समाधानसम्बन्धी दुई दिवसीय अन्तर्क्रियामा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरूलाई निर्देशन दिएका हुन् । विदेशमा रहेका नेपाली कामदारहरूले अनेकन समस्या झेल्नुपरेको बारे उनले ध्यानाकर्षण गराए । 

सरकारले पहिलोपटक विदेशस्थित नेपाली राजदूतहरूलाई बोलाएर नेपाली श्रमिक तथा कामदारहरूले भोग्नुपरेका समस्या र कठिनाइहरूबारे छलफल गरेको हो। कार्यक्रममा राजदूतहरूले आफ्नो रिपोर्ट राख्नुका साथै आगामी कार्ययोजनासमेत निर्माण गरिएको छ।

प्रधानमन्त्री प्रचण्डले अन्तर्क्रियामा राजदूतहरूले उठाएका विषयहरू सम्बोधन गर्दै निर्देशित गरेका हुन् । सम्बोधनमा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय कुटनीतिक सम्बन्ध, नेपालको पर्यटन प्रवर्द्धन र विदेशमा कार्यरत नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्