३१ असार २०८३, बुधबार

चोरीको मोटरसाइकल चलाउने गरेको उजुरी परेपछि सईमाथि छानबिन गर्दै प्रहरी

भदौ २६, २०८०
विराटनगर
चोरीको मोटरसाइकल चलाउने गरेको उजुरी परेपछि सईमाथि छानबिन गर्दै प्रहरी

नेपाल प्रहरीको कोशी प्रदेश प्रहरी गण रानीमामा कार्यरत वरिष्ठ सई लक्ष्मण महतराले चोरीको मोटरसाइकल प्रयोग गर्ने गरेको उजुरी परेपछि प्रहरीले छानबिन थालेको छ । 

उनले चोरीको मोटरसाइकलमा प्रदेश नं. १–०१–०१३ प ७०२२ नम्बर राखेर कुदाउने गरेको भन्दै साउन २१ गते प्रहरी प्रधान कार्यालय ​बेनामे उजुरी दर्ता भएको थियो । महतराविरुद्ध उजुरी परेपछि छानबिनको लागि प्रहरी प्रधान कार्यालयले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पत्र पठाएको थियो ।

केन्द्रको पत्र आएपछि प्रदेश प्रहरीले छानबिन थालेको हो ।  उजुरीउपर छानबिन भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी ऋषिराम कँडेलले जानकारी दिए । 

सई महतरा यसअघि इलाका प्रहरी रानी, विराटनगरमा लेखापालको रूपमा कार्यरत थिए । उनी सरुवा भएर प्रदेश प्रहरी गणमा पुगेका हुन् ।

इप्रका रानीमा हुँदादेखि उनी चोरीको मोटरसाइकल प्रयोग गर्दै आएको उजुरीमा उल्लेख छ । उजुरीमा उनले तस्करसँग मिलेमतो गरेर पैसा लिने गरेको समेत आरोप लगाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्