१० साउन २०८३, आइतबार

कौशलटारमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठूलो ‘ब्लू स्क्वायर’ शोरुम

भदौ २६, २०८०
काठमाडौं
कौशलटारमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठूलो ‘ब्लू स्क्वायर’ शोरुम

नेपालको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेज प्रालिले नेपालकै अत्यधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको छ ।​

एमएडब्लू ग्रुप अफ कम्पनीका प्रवन्ध निर्देशक विष्णुकुमार अग्रवालका साथै हिमालय रोडिज सिजन ५ का प्रस्तोता सुरजसिंह ठकुरी र ग्याङ लिडर प्रियंका कार्कीले संयुक्त रुपमा शोरुमको उद्घाटन गरेका हुन् । यही भदौ २५ गते भक्तपुरको कौशलटारमा उद्घाटन गरिएको शोरुम दुई पांग्रे सवारी उद्योग  कै ठूलो र अत्याधुनिक शोरुम मानिएको छ ।​

यामाहाको विश्वव्यापी नयाँ अवधारणा ‘ब्लू स्क्वायर’ लाई अबलम्बन गरी कौशलटारमा उक्त शोरुम सञ्चालनमा ल्याइएको एमएडब्लूले जनाएको छ । यामाहाको ‘ग्लोबल मोटर स्पोर्ट्स लिगेसी’ लाई आत्मसाथ गर्दै सम्पूर्ण राइडर्सले आफ्नो राइडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रूपमा ‘ब्लू स्क्वायर’ शोरुमलाई लिईएको छ ।​

ब्लू स्क्वायर शोरुममा प्रयोग गरिएको ‘ब्लू’ कलरले यामाहा ब्राण्डको ‘रेसिङ डिएनए’ लाई झल्काउने र ‘स्क्वायर’ ले ‘वान स्टप बाइङ जक्सन’ जसमा ग्राहकले मोटरसाइकल, स्कुटर, एसेसेरिज र एपेरल्स एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहनेछ ।

यस शोरुममा ‘बेटर कस्टमर एक्सपेरियन्स’ अनुभव गर्नुको साथै छिटो र ‘पर्सनाइल वान टु वान सर्भिस’ प्रदान गरिने जानकारी गराईएको छ । यामाहाको ग्राहकले अझ नजिकबाट यामाहा ब्रान्ड र उपलब्धतालाई महसुस गर्न पाउनुको साथै ‘डिजिटल टेक्नोलोजी’ मार्फत ‘क्यूआर कोड’ स्क्यान गरेर ब्रोसरहरू प्राप्त गर्न सकिनेछ ।

स्थापनाकालदेखि नै ग्राहकहरूको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा ‘ब्लू स्क्वायर’ को उत्कृष्ट प्रविधि र पूर्वाधारहरूले यामाहा ब्रान्डप्रतिको ग्राहकको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्धि गर्ने कम्पनीको ठहर छ । साथै, भविष्यमा यामाहाले यस प्रकारका शोरुमहरू नेपालभर सञ्चालनमा लिएर आउने योजना बनाएको छ ।

‘कौशलटारमा हाम्रो यामाहा ब्लू स्क्वायर शोरुम खोल्न गर्न पाउँदा अत्यन्तै हर्षित छौं । यो पनि सबैभन्दा ठूलो र सबै भन्दा सुविधाजनक शोरुममध्ये एक हो' यामाहा नेपालका सीईओ राजु क्षेत्रीले भने, 'यस शोरुमले बाइक प्रेमीहरूलाई यामाहाको उत्कृष्ट प्रविधि युक्त विभिन्न मोटरसाइकल स्कुटर एसेसरिज र एपेरल्स उपलब्ध गराउने कुरामा हामी विश्वस्त छौं ।’

salt training

कमेन्ट गर्नुहोस्