१० साउन २०८३, आइतबार

नेम्वाङको मृत्युबारे शिक्षण अस्पतालले भन्यो– यहाँ ल्याउँदा उहाँका आँखाका नानी फुलिसकेका थिए

भदौ २६, २०८०
काठमाडौं
नेम्वाङको मृत्युबारे शिक्षण अस्पतालले भन्यो– यहाँ ल्याउँदा उहाँका आँखाका नानी फुलिसकेका थिए

त्रिवि शिक्षण अस्पतालले एमाले उपाध्यक्ष सुवास नेम्वाङको मृत्युबारे आधिकारिक धारणा बाहिर ल्याएको छ ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा सन्तकुमार दासले आज एक विज्ञप्ति जारी गर्दै अस्पताल ल्याइपुर्याउँदा नेम्वाङमा जीवनसम्बन्धी कुनै चाल नदिएको बताएका छन् ।

त्यसबखत उनका आँखाका नानीहरू फुलिसकेका र स्थिर रहेका अस्पतालले जनाएको छ ।

‘नेम्वाङलाई सोमवार राति १ः१५ बजे उपचारका लागि ल्याइएको थियो । जाँच गर्दा उहाँमा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था थियो । आँखाका नानीहरू फुलिसकेका र स्थिर रहेका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘३५ मिनेटसम्म पनि सीपीआर गर्दा पनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएकाले ३ बजे मृत घोषणा गरिएको थियो ।’

प्रतिनिधिसभा सदस्यसमेत रहेका नेम्वाङको हृदयघातका कारण सोमवार राति झण्डै साढे २ बजेको समयमा निधन भएको एमालेका नेताहरूले लोकान्तरले आज बिहान बताएका थिए । यसैबीच, अस्पतालले आधिकारिक धारणा बाहिर ल्याएको हो ।

उनी संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभाका पूर्वसभामुखसमेत हुन् । 

null

salt training

कमेन्ट गर्नुहोस्