३० असार २०८३, मंगलबार

नेम्वाङको निधनका कारण सर्‍यो प्रतिनिधिसभा बैठक, श्रद्धाञ्जलीका लागि बिहीवार बस्ने

भदौ २६, २०८०
काठमाडौं
नेम्वाङको निधनका कारण सर्‍यो प्रतिनिधिसभा बैठक, श्रद्धाञ्जलीका लागि बिहीवार बस्ने
फाइल फोटो

संविधानसभा अध्यक्ष, पूर्व सभामुख एवं प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनपछि प्रतिनिधिसभा बैठक सरेको छ ।​

बुधवार दिउँसो १ बजे बस्ने तय भएको बैठक बिहीवार ३ बजेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ ।​​

संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बिहीवार बस्ने बैठकले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नेछ ।

‘संविधानसभा अध्यक्ष, पूर्व सभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको कारण मिति २०८० साल भदौ २७ गते बुधवार दिनको १ः०० बजे बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक उक्त मिति र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्ने प्रयोजनको लागि मिति २०८० साल भदौ २८ गते बिहीवार दिनको ३ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ जारी सूचनामा भनिएको छ ।​

नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्