१३ असार २०८३, शनिबार

मोरङमा ८ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

भदौ २६, २०८०
मोरङ
मोरङमा ८ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ
फाइल फोटो

मोरङमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका ३ आइतबारे बस्ने ४८ वर्षीय साइला भन्ने जितबहादुर तामाङ रहेका छन् । उनलाई मंगलवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तामाङले ती बालिकालाई भदौ १७ गते बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्