१६ असार २०८३, मंगलबार

आज तय भएको प्रतिनिधिसभा बैठक स्थगित

भदौ २७, २०८०
काठमाडौं
आज तय भएको प्रतिनिधिसभा बैठक स्थगित

संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण आज बुधबारका लागि राखिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
      
संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले सभामुखले नेम्वाङप्रति शोक प्रस्ताव पारितको प्रयोजनका लागि भदौ २८ गते बिहीबार दिउँसो ३ बजे अर्को बैठक तोकेको जानकारी दिए । 

नेम्वाङको मंगलबार राति हृदयघातका कारण निधन भएको थियो । उनको बिहीबार नै अन्तिम संस्कार गरिने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्