०८ असार २०८३, सोमबार

नेम्वाङको पार्थिव शरीर दिउँसो निवासमा राखिने

भदौ २७, २०८०
काठमाडौं
नेम्वाङको पार्थिव शरीर दिउँसो निवासमा राखिने

नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसोसम्म ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमै राखिने भएको छ । उनको पार्थिव शरीरमा आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जली व्यक्त गर्नच्यासलमै व्यवस्था मिलाइएको छ । 

नेम्वाङको पार्थिव शरीर दिउँसोपछि बालुवाटारस्थित निवासमा राखिने एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए । उनका अनुसार त्यहाँ नेम्वाङप्रति उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । 

विदेशबाट छोराहरू आइसकेपछि उनको अन्त्येष्टि बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ । उनको अन्त्येष्टिका दिन बिहीबार सरकारले सार्वजनिक बिदासमेत दिएको छ । 

एमालेले उनको सम्मानमा तीन दिनसम्म पार्टीका झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार राति हृदयघातका कारण निधन भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्