
टीभीएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर – टीभीएस आईक्युब नाडा अटो शोमा लन्च गरेको छ ।
टीभीएस मोटरको अटल र भरपर्दो इन्जिनियरिङको क्षमताहरूद्वारा समर्थित, टीभीएस आईक्युबले क्लास–लिडिङ्ग पर्फर्मेन्स, आराम, निर्माण गुणस्तर र सुरक्षा प्रदान गर्दछ । जुन बलियो इन–हाउस परीक्षणद्वारा प्रमाणित गरिएको कम्पनीले जनाएको छ ।
लन्च कार्यक्रममा बोल्दै टीभीएस मोटर कम्पनीका डिरेक्टर र सीईओ केएन राधाकृष्णनले टीभीएस मोटर्स सधैं नयाँ प्रविधिहरू अपनाउन लागिपरेको बताए । ‘हामीले यसैगरी अटोमोबाइल उद्योगमा नयाँ बेन्चमार्कहरू खडा गर्दै आएका छौं । टीभीएस मोटर्सले विद्युतीय सवारी साधनको प्रविधिमा १० वर्षभन्दा बढी समयदेखि लगानी गर्दै आएको छ । नेपालमा विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन (स्कुटर) लन्च गर्ने भारतबाट पहिलो ओईएम भएकोमा हामी गर्व गर्दछौं ।’ उनले भने, ‘टीभीएस नेपालको अग्रणी कम्पनी हो । हामीले हाम्रो पोर्टफोलियोमा ईभीहरू थपेर नेपालमा हाम्रो नेतृत्वको स्थितिलाई अझ बलियो बनाउने लक्ष्य राखेका छौं । हामी विश्वस्त छौं कि जगदम्बा मोटर्स प्रालिले टीभीएस आईक्युबका ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्नेछ ।’

टीभीएस मोटर कम्पनीको इलेक्ट्रिक भेहिकलका सिनियर भाईस प्रेसिडेन्ट मनु सक्सेनाले नेपालमा टीभीएस आईक्युब लन्च गर्न पाउँदा निकै उत्साहित रहेको बताइन् । ‘विभिन्न स्कुटर ग्राहकहरूसँगको हाम्रो विगतको अन्तरक्रियाको क्रममा टीभीएस जस्ता विश्वसनीय ब्रान्डबाट स्मार्ट प्रिमियम इलेक्ट्रिक स्कुटरको आवश्यकतालाई हाइलाइट गरिएको थियो । हामी अहिले त्यो आवश्यकता पूरा गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं ।’ उनले भनिन्, ‘टीभीएस आईक्युबमा क्लास–लिडिङ्ग डिस्प्ले र युजर इन्टरफेसको साथ प्रदर्शन र प्राविधिक सुविधाहरूको सही मिश्रण छ । साथै यो नयाँ एज – कनेक्टेड सुविधाहरू र यापहरूले भरिएको छ जुन नेपालको टेक–स्याभी ग्राहकहरूको लागि अन्त्यन्तै उपयोगी हुनेछ ।’
टीभीएस आईक्युबले १ लाख ५० हजारभन्दा बढी भारतीय ग्राहकहरूलाई एक सानदार इलेक्ट्रिक सवारी अनुभव प्रदान गरिसकेको छ ।
टीभीएसका भारतीय उपभोक्ताहरूले ७०० मिलियन किलोमिटरभन्दा बढी कभर गर्दै १५ मिलियन लिटर इन्धन बचत गरेका कम्पनीले जनाएको छ ।
यस्ता छन् टीभीएस आईक्युबका मुख्य विशेषताहरूः