
मोरङको उर्लावारीमा यात्रु बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । बुधबार बिहान प्रदेश १–०१–००१ ख ४११२ नम्बरको बसको ठक्करबाट पैदल यात्रु अन्दाजी ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा ज्यान गएको हो । मृतकको पहिचान खुल्न बाँकी छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
बस र चालक उर्लाबारी–२ का ५३ वर्षीय लोकबहादुर बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।