२६ असार २०८३, शुक्रबार

सुवास नेम्वाङको दृढताले संविधान ल्याउन सफल भयौंः गगन थापा

भदौ २७, २०८०
काठमाडौं
सुवास नेम्वाङको दृढताले संविधान ल्याउन सफल भयौंः गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको दृढताको कारण दोस्रोपटकको प्रयासमा संविधान प्राप्त गर्न सकेको बताएका छन् । पोखरा महानगरपालिकाको सम्मेलनमा बोल्दै महामन्त्री थापाले बाह्य दबाबकाबीच सरल, संघर्षशील र सहयात्री नेम्वाङकै कारण संविधान आउन सफल भएको बताएका हुन् । 

‘सुवास नेम्वाङ, सरल, संघर्षशील र सहयात्री गुमाउँदा सहयात्री स्तब्ध भयौं । गिरिजाप्रसादलाई सभामुखको यस्तो पात्र चाहिएको थियो कि जोस र होस दुवै होस् । यस्तो पात्रको खोजी हुँदा उहाँले नेम्वाङलाई ठहर्याउनुभयो । पछि यो कुरा प्रमाणित पनि भयो । किनकि संविधान निर्माणमा उहाँको भूमिका समन्वयकारी थियो ।’ 

पहिलो संविधानसभा भंग हुन नदिन नेम्वाङले लचक, निर्णायक र हस्तक्षेपकारी बन्न आफूहरूले पटकपटक आग्रह गरेको पनि थापाको भनाइ थियो ।

संविधानसभा भंग हुने बेलामा अध्यक्षलाई लचक, निर्णायक र हस्तक्षेपकारी हुनुहुनुपर्छ भन्ने हाम्रो मत थियो । हामीले उहाँसँग गुनासो पनि गरेका छौं,’ उनले भने, ‘दोस्रोपटक कृष्णप्रसाद सिटौला मस्यौदा समितिको सभापति हुनुहुन्थ्यो । संविधान घोषणमा द्धिविधा र अलमल थिए । घोपणा नगर पर सार भनेर खासगरी बाह्य दबाब थिए । तर नेम्वाङको भूमिका निर्णायक रह्यो । सच्याउनुपर्ने भए सच्याउँला, सुुधार गर्नुपर्ने ठाउँमा सुधार गरौंला भनेर टुंगोमा पुर्याउन नेम्वाङको दृढता थियो । जसले गर्दा संविधान प्राप्त गर्न सक्यौ ।’

एउटा राजनीतिककर्मीको नजरमा आरोप अवरोह आउने भए पनि बाह्य दबाबकाबीच संधिधान ल्याउन भूमिका खेल्ने नेताको रुपमा नेम्वाङ सधैं स्मरणीय रहिरहने महामन्त्री थापाले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्