१४ असार २०८३, आइतबार

साम्बाको गोलमा अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो रानाना

भदौ २९, २०८०
काठमाडौं
साम्बाको गोलमा अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो रानाना

इजरायली शीर्ष डिभीजन लिगाट नसिमको दोस्रो खेलमा सावित्रा भण्डारी आबद्ध टोली हापोएल रानानाले हापोएल पेटा टिक्भा एफसीसँग १-१ गोलको बराबरी खेलेको छ ।

खेलको ६०औं मिनेटमा सावित्राको गोलमार्फत् रानानाले अग्रता लिएको थियो ।

रानानाले यो अग्रता लामो समयसम्म टिकाउने भने सकेन ।  पाँच मिनेटपछि नै पेटाले लि फाल्कनको गोलमा बराबर गर्‍यो । ८१ औँ गोलकिपर काम्री सेसिलले पेनाल्टी बचाउँदै रानानालाई हारबाट जोगाइन् ।

रानानाको दुई खेलमा चार अंक रहेको छ । पेटमा तीन खेलमा सात अंकका साथ शीर्ष स्थानमा छ ।

salt training

कमेन्ट गर्नुहोस्