×

NMB BANK
NIC ASIA

सरकारी अकर्मण्यताले जीर्ण ग्यालरी बैठक

पुनर्निर्माण पर्खिरहेको पूरानो 'संसद् भवन' [फोटो/भिडियो]

काठमाडाैं | भदौ २९, २०८०

NTC
Premier Steels

लामो इतिहास बोकेको पूरानो संसद् (ग्यालरी बैठक) भवन जीर्ण बनेको छ । सिंहदरबारभित्र रहेको राणाकालीन संसद् भवनमा अहिले झार र रुख उम्रिएका छन् । कुहिएका काठहरू असरल्ल छाडिएका छन् । 

Muktinath Bank

भारदारी सभा, राष्ट्रिय पञ्चायतदेखि वर्षौंसम्म प्रतिनिधिसभाको बैठक बसेको ग्यालरी बैठकको पुनर्निर्माणमा सरकारले ध्यान दिन सकेको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विघटन भइसकेको पुनर्निर्माण प्राधिकरणदेखि शहरी विकास मन्त्रालय समेतले हात हालेको ग्यालरी बैठक सरकारी निकायको अकर्मण्यताले अलपत्र परेको हो ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication

भवन २०७२ सालको विनाशकारी भूकम्पले चर्केको थियो । भूकम्पले चर्काएका चिराहरू अहिले पनि देखिन्छन् । भूकम्प गएको आठ वर्ष भइसक्यो तर, भवनको पुनर्निर्माण हुन सकेको छैन । 

संविधान सभाको चुनावअघि यही भवनमा व्यवस्थापिका संसद् बैठक बस्ने गरेको थियो । संविधान सभामा ६०१ सांसद भएपछि ठाउँ साँघुरो भएका कारण २०६५ सालदेखि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक बस्न थालेको हो । हालसम्म पनि संघीय संसद् बैठक बानेश्वरमै बस्दै आएको छ ।

null

२०७६ पुस २९ गते प्रतिनिधि सभाको विकास समितिले सबलीकरण सम्भव नहुने भन्दै भत्काउन निर्देशन दिएको थियो । पछि राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले प्रबलीकरणको काम गर्न निर्देशन दियो । 

तर, तत्कालीन पुनर्निर्माण प्राधिकरणले ध्यान नदिँदा पुनर्निर्माणको विषय ओझेलमा परेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।           

null

हाल राष्ट्रिय सभाअन्तर्गत राष्ट्रिय सरोकार समितिले 'रेक्टोफिट' गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको उनले बताए । उनका अनुसार अब चाँडै पुनर्निर्माणका लागि ठेक्का प्रक्रिया शुरू हुने उनले बताए ।

भिडियोमा हेर्नुहोस् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x