११ साउन २०८३, सोमबार
सरकारी अकर्मण्यताले जीर्ण ग्यालरी बैठक

पुनर्निर्माण पर्खिरहेको पूरानो 'संसद् भवन' [फोटो/भिडियो]

भदौ २९, २०८०
काठमाडौं
पुनर्निर्माण पर्खिरहेको पूरानो 'संसद् भवन' [फोटो/भिडियो]

लामो इतिहास बोकेको पूरानो संसद् (ग्यालरी बैठक) भवन जीर्ण बनेको छ । सिंहदरबारभित्र रहेको राणाकालीन संसद् भवनमा अहिले झार र रुख उम्रिएका छन् । कुहिएका काठहरू असरल्ल छाडिएका छन् । 

भारदारी सभा, राष्ट्रिय पञ्चायतदेखि वर्षौंसम्म प्रतिनिधिसभाको बैठक बसेको ग्यालरी बैठकको पुनर्निर्माणमा सरकारले ध्यान दिन सकेको छैन । 

विघटन भइसकेको पुनर्निर्माण प्राधिकरणदेखि शहरी विकास मन्त्रालय समेतले हात हालेको ग्यालरी बैठक सरकारी निकायको अकर्मण्यताले अलपत्र परेको हो ।

null

भवन २०७२ सालको विनाशकारी भूकम्पले चर्केको थियो । भूकम्पले चर्काएका चिराहरू अहिले पनि देखिन्छन् । भूकम्प गएको आठ वर्ष भइसक्यो तर, भवनको पुनर्निर्माण हुन सकेको छैन । 

संविधान सभाको चुनावअघि यही भवनमा व्यवस्थापिका संसद् बैठक बस्ने गरेको थियो । संविधान सभामा ६०१ सांसद भएपछि ठाउँ साँघुरो भएका कारण २०६५ सालदेखि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक बस्न थालेको हो । हालसम्म पनि संघीय संसद् बैठक बानेश्वरमै बस्दै आएको छ ।

null

२०७६ पुस २९ गते प्रतिनिधि सभाको विकास समितिले सबलीकरण सम्भव नहुने भन्दै भत्काउन निर्देशन दिएको थियो । पछि राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले प्रबलीकरणको काम गर्न निर्देशन दियो । 

तर, तत्कालीन पुनर्निर्माण प्राधिकरणले ध्यान नदिँदा पुनर्निर्माणको विषय ओझेलमा परेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।           

null

हाल राष्ट्रिय सभाअन्तर्गत राष्ट्रिय सरोकार समितिले 'रेक्टोफिट' गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको उनले बताए । उनका अनुसार अब चाँडै पुनर्निर्माणका लागि ठेक्का प्रक्रिया शुरू हुने उनले बताए ।

भिडियोमा हेर्नुहोस् ।

salt training

कमेन्ट गर्नुहोस्