०१ साउन २०८३, शुक्रबार

१६ दिनका लागि स्थगित भयो प्रतिनिधिसभा

भदौ २९, २०८०
काठमाडौं
१६ दिनका लागि स्थगित भयो प्रतिनिधिसभा
फाइल फोटो

प्रतिनिधिसभाको बैठक १६ दिनका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' विदेश भ्रमणमा जान लागेपछि संसद्‌को बैठक १६ दिनका लागि स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक असोज १४ गते आइतवारका लागि तोकेका छन् ।

त्यसअघि बैठकमा सभामुख घिमिरेले एमाले सांसद सुवास नेम्वाङको निधनका कारण प्रतिनिधिसभाको एक सिट रिक्त भएको जानकारी गराएका थिए ।

नेम्वाङको भदौ २६ गते हृदयघातबाट निधन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्