१० साउन २०८३, आइतबार

ग्वाटेमालाका एक प्रभावशाली नेता र उनकी श्रीमतीको दिनदहाडै गोली हानी हत्या

भदौ २९, २०८०
काठमाडौं
ग्वाटेमालाका एक प्रभावशाली नेता र उनकी श्रीमतीको दिनदहाडै गोली हानी हत्या

ग्वाटेमाला सिटी–ग्वाटेमालाका एक जना प्रभावशाली नेताको दिनदहाडै श्रीमतीसहित हत्या भएको छ । राष्ट्रपति निर्वाचित पार्टीका राजनीतिज्ञ अनिबल रामिरेजलाई बिहीबार मेक्सिकोको सीमानजिकै गोली हानेर हत्या गरिएको उनको पार्टी र स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

राष्ट्रपति निर्वाचित बर्नार्डो अरेभालोको सेमिल्ला (सिड) पार्टीका लागि पश्चिमी शहर सान पेड्रो नेक्टाका पूर्वउम्मेद्वार रामिरेज र उनकी पत्नी मर्सी मोरालेसलाई कामको सिलसिलामा पिकअप भ्यानमा गइरहेका बोल गोली हानेर मारिएको जनाइएको छ । 

नेता रामिरेज आफ्नो समुदायलाई रूपान्तरण गर्न प्रतिबद्ध रहेका तथा सधैं भ्रष्टाचारको निन्दामा उत्रिएकाले उनीसहित उनकी श्रीमती मर्सीको हत्या भएको सिडले बताएको छ । उक्त पार्टीले हत्याका दोषीलाई कारबाही गर्न माग गरेको छ । सिडका नेता अरेभालोले गत महिना अप्रत्याशित रूपमा राष्ट्रपति पदको चुनाव जितेपछि ग्वाटेमालाका अधिकारीहरूले बारम्बार उनी र उनको पार्टीविरुद्ध कारबाही गर्न कानुनी माध्यम प्रयोग गर्दै आएका छन्भने विपक्षी तथा माफियाले हिंसाको बाटोसमेत अँगालेका छन् । –रासस–

salt training

कमेन्ट गर्नुहोस्