२२ असार २०८३, सोमबार
मध्यराति चार जनाको हत्या

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी चार जनाको हत्या

भदौ ३०, २०८०
काठमाडौं
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी चार जनाको हत्या

काठमाडौँको गैह्रीगाउँमा चार जनाको हत्या भएको छ । धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा गएराति चार जनाको शव भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी कुमोद ढुंगेलले लोकान्तरलाई जानकारी दिए । 

गैह्रीगाउँस्थित दिव्य सः मिलभित्र ४ जनाको शव फेला परेको उनले बताए । 'गैह्रीगाउँमा चार जना मृत फेला परेका छन् । धारिलो हतियार प्रहार गरेको देखिन्छ,'लोकान्तरसँग उनले भने ।

उनका अनुसार मृत्यु हुनेमा २ महिला र दुई जना पुरुष छन् । हत्या हुनेमा दोलखा घर भएका ३ र १ जना धनकुटाका छन् । गएराति १२ बजेतिर घटना भएको प्रारम्भिक जानकारी आएको उनले बताए । घटनाको कारण खुलिसकेको छैन । 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

केही दिनअघि कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौं‌को भृकुटीमण्डपमा दिउँसै खुकुरी प्रहार भएको थियो । रिपोर्टर्स् क्लबको कार्यक्रमबाट बाहिरिएका यादव गाडी चढ्न लाग्दा आक्रमण भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्