२० असार २०८३, शनिबार

काठमाडौँमा खुकुरी प्रहारबाट हत्या भएका चारै जनाको सनाखत

भदौ ३०, २०८०
काठमाडौं
काठमाडौँमा खुकुरी प्रहारबाट हत्या भएका चारै जनाको सनाखत

काठमाडौँको गैह्रगाउँमा खुकुरी प्रहारबाट ४ जनाको हत्या भएको प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । गएराति १२ बजेतिर घटना भएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको कारण खुल्न बाँकी रहेको भन्दै घटनास्थलमा टोली पु्गेर अनुसन्धान सुरु गरिएको बताएको छ । 

 दिब्य सः मिलभित्र दोलखाका कुमार भुजेल सहित चार जनाको हत्या भएको हो । मृतकमा कुमारकी पत्नी अम्बिका भुजेल, उनकी आमा सुमित्रा भुजेल रहेका छन् । यस्तै मोरङ घर भएका नविन राईको पनि हत्या भएको प्रहरीले जनाएको छ । मृतकहरुको  टाउको र शरिरका विभिन्न भागमा चोट देखिएको छ । 

मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्