११ साउन २०८३, सोमबार

अमेरिका जानुअघि राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट

भदौ ३०, २०८०
काठमाडौं
अमेरिका जानुअघि राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट
फाइल फोटो

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

साथै भेटवार्तामा समसामयिक विषयमा पनि छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री आज साँझ अमेरिका प्रस्थान गर्नेछन् ।

त्यसपछि उतैबाट प्रधानमन्त्री चीन भ्रमणमा जानेछन्।
 

salt training

कमेन्ट गर्नुहोस्