२५ जेठ २०८३, सोमबार

माओवादीको रुपान्तरण अभियानले अन्तरविरोधलाई कम गर्दैछ : प्रवक्ता सापकोटा

भदौ ३०, २०८०
काठमाडौं
माओवादीको रुपान्तरण अभियानले अन्तरविरोधलाई कम गर्दैछ : प्रवक्ता सापकोटा
फाइल फोटो

माओवादीले विशेष रुपान्तरण अभियानले पार्टीका अन्तरविरोधलाई कम गरेको जनाएको छ ।

अभियानबारे पत्रकार सम्मेलन गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान नारा अनुसार नै सफल हुँदै गएको बताएका हुन् ।

‘चलायमान, सुधार, जनमुखी हुँदै गएको छ । हाम्रो नेतृत्वको सरकारले सुशासन, जनसेवा, भ्रष्टाचारविरोधी अभियान र कानुन निर्माणको प्रचार र स्वामित्व लिने काम पनि भइरहेको छ’ सापकोटाले भने, ‘अभियानले पार्टी, जनवर्गीय संगठन, मुक्ति मोर्चामा देखिएको अन्तरविरोध हल हुँदै गएको छ । यो हाम्रो लागि सुखद छ ।’ आत्मशुद्धि, नवीकरण र पार्टीको रुपान्तरण गर्ने विषय प्राथमिकतामा रहेको उनले बताए ।

अभियानले वैचारिक, सांगठनिक, राजनीतिक, सांस्कृतिक पुनर्गठनलाई पनि उत्तिकै प्राथमिकता दिएको उनले बताए । पार्टीको विचार, दृष्टिकोण र योजनालाई तलैसम्म पुर्‍याएर बुझाउने पनि उनले बताए । 

समाजवादी क्रान्तिको आधारका लागि कृषि, उद्योगधन्दा प्रमुख विषय भएको उनले बताए । 

साथै सापकोटाले शान्ति प्रक्रियाको अन्तिम टुंगोको घोषणामात्रै गर्न बाँकी रहेको बताए । ‘शान्ति प्रक्रिया शुरु भइसकेपछि चारवटा निर्वाचन भइसक्यो । यो ठूलो र धेरै सफलता हो । सेना समायोजन भइसक्यो । तर पनि निष्कर्षमा पुर्‍याएर घोषणा गर्न बाँकी छ । घोषणा गर्न विभिन्न खेल र समस्या भइरहेको छ’ उनले भने, ‘राष्ट्रिय अनुकूलता र अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्ने विषय छन् । प्रधानमन्त्री यही बेला अमेरिका र चीन भ्रमणमा जाँदै हुनुहुन्छ । हामीले आफ्नै मौलिकता र विशेषतासहित शान्ति प्रक्रियालाई अगाडि बढाएका छौं । प्रधानमन्त्रीले यस विषयमा विश्व समुदायलाई थप अपिल गर्नुहुनेछ ।’

salt training

कमेन्ट गर्नुहोस्