१४ असार २०८३, आइतबार

डलर अभावका कारण पाकिस्तानी दूतावासका कर्मचारीले तलब पाएनन्

भदौ ३१, २०८०
काठमाडौं
डलर अभावका कारण पाकिस्तानी दूतावासका कर्मचारीले तलब पाएनन्

डलर अभावका कारण विश्वका केही मुलुकमा खटिएका पाकिस्तानी दूतावासका कर्मचारीले तलब पाएका छैनन् । 

पाकिस्तानको अर्थ मन्त्रालयले डलर तरलता अभावका कारण केही कूटनीतिक नियोगमा कार्यरत प्रेस सहचारी र काउन्सिलरलाई केही महिनादेखि मासिक तलब भुक्तानी गर्न असफल भएको द न्यूज इन्टरनेशनल अखबारले जनाएको छ । 

पाकिस्तानी अङ्ग्रेजी दैनिक द न्यूज इन्टरनेशनलका अनुसार अमेरिका, हङकङ र सिङ्गापुरमा खटिएका प्रेस सहचारी र काउन्सिलरहरूले गत जुन महिनादेखि तलब पाएका छैनन् । 

पाकिस्तानको अर्थ मन्त्रालयले देशको विदेशी मुद्राको सीमा समाप्त भइसकेको बताएको छ । त्यसैले चालु महिनाको पनि तलब निकासा सकेको छैन । डलर अभावले वासिङ्टन, हङकङ र सिङ्गापुरजस्ता  अत्याधिक महँगो शहरमा काम गर्ने कूटनीतिक अधिकारीहरूलाई चार महिनासम्म तलबबिना आफ्नो एवं परिवारको भरणपोषणमा कठिनाइ भएको छ । 

वास्तविक आवश्यकताअनुरूप विदेशी मुद्राको हिसाबमा सूचना मन्त्रालयले  रकम नछुट्याउँदा यो समस्या उत्पन्न भएको बताइएको छ ।  गत आर्थिक वर्षमा पनि यस्तै प्रकृतिकको समस्या उत्पन्न भएको थियो तर, तत्कालीन अर्थमन्त्री इशाक दारले मन्त्रिपरिषद्को आर्थिक समन्वय समितिमा कर्मचारीका लागि  पूरक अनुदानमार्फत\ तलब व्यवस्था गर्न निर्देशन दिएका थिए । रासस

salt training

कमेन्ट गर्नुहोस्