
जनकपुरधाम ४ असोज – जनकपुर उपमहानगरपालिकामा मेयरका लागि भएको निर्वाचनको मतगणनामा राजपाले अग्रता लिएको छ । राजपा उम्मेदवार कांग्रेस भन्दा तेव्वरले अगाडी छन् ।
पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस पभावशाली नेता बिमलेन्द्र निधिको जिल्लाका कांग्रेस कमजोर देखिएको छ । बुधवार दिउसो सम्मको प्रारम्भिक मतगणनामा राजपा उम्मेदवार लालकिशोर साहले १ हजार ५ सय ८३ मत पाएका छन् ।
कांग्रेस उम्मेदवार मनोज कुमार साहले ५ सय ९३ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार लक्ष्मीनारायण भगतले जम्मा १ सय १२ भोट पाएका मतगणना स्थलमा रहेका राजपाका एक नेताले जानकारी दिए ।
मतगणना अत्यन्त ढिलो गतीमा भइरहेको छ । धनुषाका अन्य १७ स्थानमा पनि पनि मतगणना जारी छ ।