
सुजल फूड्स प्रालिले आफ्नो उत्कृष्ट उत्पादन चोकोफनको नयाँ विज्ञापन अभियान शुरू गरेको छ । ‘वन्ली चोकोफन’ भन्ने सन्देशसहित विज्ञापन अभियानलाई आकर्षक ढंगले नेपालभर विभिन्न माध्यममार्फत प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।
देशकै पहिलो र ओरिजिनल चकलेट चोकोफन वाफेरको मिठो स्वाद हरेक बालबालिकाहरूको मनमनमा बसेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस विज्ञापन अभियानमार्फत बालबालिकाहरूको हरेक रमाइला पलहरूलाई ‘वन्ली चोकोफन’ को साथले मात्र पूर्णता पाउनेछ ।
‘बालबालिकाहरूको विभिन्न रमाइला पलहरूमा चोकोफनको साथले थप खुशी र आनन्द प्राप्त हुन्छ । यसरी उनीहरूको रमाइलो र खुशीको अभिन्न अंगको रुपमा ‘वन्ली चोकोफन’ छ’ कम्पनीले भनेको छ ।
विज्ञापनले सम्पूर्ण ग्राहक, उपभोक्ताको मन जित्न सफल हुनुको साथै सम्पूर्ण बालबालिकाहरूको जीवनमा चोकोफन अभिन्न अंगकारुपमा स्थापित हुने कम्पनीको विश्वास छ । साथै उनीहरूको चोकोफनप्रतिको माया र प्रेम निरन्तर रहिरहने कम्पनीको विश्वास छ ।