२४ जेठ २०८३, आइतबार

देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्छौं : अर्थमन्त्री

भदौ ३१, २०८०
काठमाडौं
देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्छौं : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने बताएका छन् ।

आज ललितपुरको गोदावरी नगरपालिका वडा नं ११ स्थित बज्रबाराही चापागाउँ अस्पतालको प्रस्तावित भवनको शिलान्यास कार्यक्रममा उनले विकास निर्माणका योजना सञ्चालन गर्दा सरकारले देशको हित अनुकूल जनताको आवश्यकतालाई ध्यानमा राखेर काम गर्ने बताएका हुन् ।

“देशका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सुविधा सुनिश्चित गर्नु आवश्यक छ, क्षमताभन्दा हाम्रो आवश्यकता बढी छ, गत वर्ष राजश्व कम उठेको थियो,’’ अर्थमन्त्री महतले भने, ‘‘जसले मागअनुसार सम्बोधन गर्न केही कठिनाइ भइरहेको छ, अहिले अवस्था सुधार हुँदै छ, यति हुँदाहुँदै पनि भएको स्रोतलाई परिचालन गर्दै देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने कुरामा प्रतिबद्ध छौं ।” 

नेपालमा रहेका सम्भावना र रोजगारी सिर्जना गर्ने काममा सकारात्मक सन्देश र बहस हरेक तहबाट हुनु आवश्यक रहेको उनको भनाइ थियो ।

आर्थिक गतिविधिको चक्र चलायमान बनाउन देशभर सबैको आत्मविश्वास बढाउनु आवश्यक रहेको उल्लेख गर्दै महतले यसमा सबै नागरिकहरूको भूमिका रहेको धारणा राखे ।

salt training

कमेन्ट गर्नुहोस्