
त्रिभुवन विमानस्थल बाहिरबाट समातिएको ६० केजी ७ सय ग्राम सुन तस्करी गर्नेविरुद्ध मुद्दा लिएर सरकारी वकिल काठमाडौं जिल्ला अदालत पुगेका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि नेपाउने मुद्दा लिएर सरकारी वकिलहरू अदालत पुगेको जानकारी दिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दिएको प्रतिवेदनमा सामान्य थपघट गरेर मुद्दा दर्ता गर्न लागिएको सरकारी वकिल कार्यालय स्रोतले जानकारी दियो ।
विमानस्थल भन्सार कार्यालय बाहिरबाट साउन २ गते स्कूटरको 'ब्रेक सू'मा ल्याइएको सुन समातिएको थियो ।
राजस्व अनुसन्धान विभागले समातेको सुन सम्बन्धमा पछि सीआईबीले अनुसन्धान गरेको थियो ।
पक्राउ परेका ३२ र फरार १८ जना गरी ५० जनालाई प्रतिवादी बनाउनुपर्ने राय सीआईबीको थियो ।