
रामबाबु गुरुङको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ को शुभ मुहूर्त गरिएको छ ।
शनिवार काठमाडौंको बालुवाटारमा रहेको भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको फिल्मको छायांकन भने आगामी शुक्रवारबाट सुरू गरिनेछ ।
फिल्मको शुभ–मुहूर्त समारोहमा निर्देशक गुरुङसहित मुख्य कलाकारहरू दयाहाङ राई, आँचल शर्माका अलवा विजय बराल, माओत्से गुरुङलगायत उपस्थित थिए ।
आगामी शुक्रबार अर्थात् असोज ५ गतेबाट ओखलढुङ्गास्थित रुम्जाटारमा फिल्मको छायांकन गरिनेछ ।

दोस्रो चरणको छायांकन आगामी मंसिरमा काठमाडौं र ओखलढुङ्गामा हुनेछ ।
बाँसुरी फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको कथा शैक्षिक बेरोजगारीले युवाहरूमा ल्याएको निराशामा आधारित हुनेछ ।
आगामी वर्ष २०८१ को नयाँ वर्षलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ ।
