
६० केजी सुन तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुनले प्रतिवादी दावा छिरिङ्गलाई चिनेको भनी कागज गरेका छन् । 'कहिलेकाही फोन सम्पर्क हुने गरेको थियो । हामीबीचमा केही कारोवार छैन, अमला रोका मेरो गाउँको भएको, निज शहीद परिवारको भएको साथै माओवादी पार्टीको रोल्पा–काठमाडौं सम्पर्क मञ्चको उपाध्यक्ष भएकोले निजसँग सम्पर्क भेटघाट चिनजान भएको हो,' पुनले गरेको कागजमा उल्लेख छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोलाई पुनले गरेको कागजमा भनिएको छ, 'दावा छिरिङ्गसँग सामाजिक सञ्जालमा आए अनुसारको मेरो कुनै प्रकारको कारोवार छैन । निजले गरेका कुनै पनि आपराधिक काम कारवाहीमा मेरो संलग्नता छैन । अनुसन्धानको लागि मोबाइल परीक्षणको गर्न पेश गरेको छु ।’
सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
उनीहरुविरुद्ध आइतवार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।