असोज १२, २०८०
तनहुँको भिमाद नगरपालिका–९ सखेपस्थित भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ । सोही वडा निवासी ५२ वर्षीय प्रबन्धक चुत्रबहादुर थापालाई प्रहरीले पक्राउ ग...
काठमाडाैं | भदौ ३१, २०८०
शुक्रवार राति काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा ४ जनाको वीभत्स हत्यामा संलग्न सञ्जय भण्डारीले विशाल राईसँगको प्रतिशोधका कारण घटना गराएको प्रहरीलाई बयान दिएका छन् ।
हत्यामा संलग्न रहेको भन्दै प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे घर भई काठमाडौं बस्दै आएका २३ वर्षीय सञ्जय भण्डारीलाई आइतवार सार्वजनिक गरेको थियो ।
खुकुरी प्रहारबाट मृत्यु भएका धनकुटाका नवीन भनिने विशाल राईसँगको प्रतिशोध स्वरूप हत्या गरेको भण्डारीले स्वीकार गरेका छन् ।
विशालको हत्या गर्नको लागि झोलामा खुकुरी लिएर हिँडेको भण्डारीले प्रहरीसँगको बयानमा बताएका छन् । गैह्रीगाउँको दिव्य सःमिलमा काम गर्ने विशालसहित ४ जनाको शुक्रवार राति हत्या भएको थियो ।
भण्डारी सःमिलमा पुगेपछि राईसँग झगडा परेको थियो । भनाभनपछि भण्डारीले विशाललाई टाउकोमा खुकुरी हानेर ढालेका थिए । तत्कालै उनले सोही सःमिलको सुरक्षा गार्ड रहेका पूर्णबहादुर भुजेलको परिवारलाई सखाप पारेका हुन्।
‘विशाल राईको हत्या गर्ने क्रममा बुढी आमा शुभद्रा भुजेलले घटना देखेर कराएको जस्तो लागि प्रतिवादी भण्डारीले आफूलाई चिनेर घटना बाहिर आउँछ भन्ने लागेकोले बुढी आमालाई टाउकोमा खुकुरी प्रहार गरेको देखिएको छ’ पत्रकार सम्मेलनमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले भने, ‘सोही समयमा पूर्णबहादुर भुजेल घटनास्थलमा पुगी फोन गर्न लागेजस्तो देखिएकाले टाउकोमै खुकुरी प्रहार गरी हत्या गरेको देखियो ।’
आमालाई खुकुरी हानेको केहीबेरमै पूर्णबहादुरलाई टाउकोमा खुकुरी प्रहार गरेको पक्राउ परेका भण्डारीले बताएका छन् । त्यसपछि भुजेलकी श्रीमती अम्बिकालाई खुकुरी हानेको भण्डारीले स्वीकार गरेका छन् ।
प्रतिशोध राईसँग मात्र रहेपनि भण्डारीले भुजेल परिवार सखाप पारेका छन् ।
घटना बाहिर नआओस् भन्नका लागि उनले अन्य तीन जनाको हत्या गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ ।
सीसीटीभी फुटेजको आधारमा प्रहरीले हत्यामा संलग्न भण्डारीलाई आइतवार पक्राउ गरेको थियो ।
घटना शुक्रवार राति पौने १० देखि सवा १० बजेको बीचमा भएको थियो । केही समय अगाडि विशालले चलाएको मोटरसाइकलले ठक्कर दिई भएको विवादमा राईले भण्डारीलाई कुटेका थिए ।
‘विशाल राईलाई आज भेट्छु, निहुँ खोज्यो भने छप्काइदिन्छु’ भन्दै दिदी–भिनाजुको घरबाट निस्केर हिँडेको प्रहरीलाई बयानको क्रममा भण्डारीले भनेका छन् ।
घटनाको छानबिनका लागि एसएसपी राठौरको संयोजकत्वमा समिति बनेको थियो ।
तनहुँको भिमाद नगरपालिका–९ सखेपस्थित भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ । सोही वडा निवासी ५२ वर्षीय प्रबन्धक चुत्रबहादुर थापालाई प्रहरीले पक्राउ ग...
सुन तस्करीमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिगु गाउँपालिका-३ की सीता तामाङ, पेम्बा तामाङ, माधव मगर, बिगु- १ का नुर्बु शेर्पा र सुनमला तामाङ छन्। ...
रुकुम पश्चिममा वन फँडानी गरेको आरोपमा वडा अध्यक्षसहित ४ जना पक्राउ परेका छन् । अवैध रूपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष तुल्से ओलीसहित चार जनालाई ...
विराटनगरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ३ जहदाका २० वर्षीय दीपेन्द्रकुमार मण्डल र अर्का एक जना छन् । प्रहरीले उनीहरूलाई बिहीवार साँ...
दाङमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १४ भेटनरी बस्ने ४० वर्षीय टेकबहादुर विक रहेका छन् । उनलाई मंगलवार दिउँसो पक्राउ गरिएको प्रहरील...
दमकमा शुक्रबार बिहान छुरा प्रहारगरी एक जनाको हत्या भएको छ । जिल्लाको चुलाचुली गाउँपालिका-३ घर भएका अन्दाजी ३० वर्षका गोविन्द लिम्बूको छुरीप्रहार गरी हत्या भएको हो । दमक-१ कुमाल चोकस्थित एक होटेलमा राति अबे...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...