१९ असार २०८३, शुक्रबार

बङ्गलादेशको डीएससीएससीका प्रशिक्षार्थीद्वारा सैनिक कमान्ड तथा स्टाफ कलेज भ्रमण

भदौ ३१, २०८०
काठमाडौं
बङ्गलादेशको डीएससीएससीका प्रशिक्षार्थीद्वारा सैनिक कमान्ड तथा स्टाफ कलेज भ्रमण

बङ्गलादेशको डीफेन्स सर्विसेज कमाण्ड एन्ड स्टाफ कोर्स (डीएससीएससी)का प्रशिक्षार्थीहरूले शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजको भ्रमण गरेका छन् ।

बङ्गलादेशको मिरपुरस्थित डीफेन्स सर्विसेज कमान्ड एन्ड स्टाफ कलेजमा सञ्चालित डीएससीएससीमा सहभागी प्रशिक्षार्थीहरूले आइतवार स्टाफ कलेजको भ्रमण गरेका हुन्।

७ दिने अध्ययन भ्रमणका लागि भदौ ३० गते नेपाल आएको ३२ सदस्यीय टोलीले काठमाडौं उपत्यका एवं पोखराको भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ । 

सेनाका अनुसार विभिन्न मित्रराष्ट्रहरूमा सञ्चालित यस किसिमको तालिममा सहभागी प्रशिक्षार्थीहरूले विभिन्न मुलुकहरूको भ्रमण गर्ने प्रचलन छ।

यस किसिमको अध्ययन भ्रमणबाट सामूहिक चासोका विषयमा ज्ञान र अनुभवको आदानप्रदान एवं सम्बद्ध मुलुकहरूसँगको सैनिक सम्बन्धलाई थप सुमधुर बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने नेपाली सेनाले विश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्