२७ जेठ २०८३, बुधबार

अपडेट- इरानमा बन्दी बनाइएका पाँच अमेरिकी दोहा प्रस्थान

असोज १, २०८०
काठमाडौं
अपडेट- इरानमा बन्दी बनाइएका पाँच अमेरिकी दोहा प्रस्थान

इरान र अमेरिकाबीच भएको बन्दी आदानप्रदान सम्झौता अन्तर्गत इरानमा बन्दी बनाइएका पाँच जना अमेरिकी नागरिक उनीहरूका दुई जना आफन्तसहित तेहरानबाट दोहाका निम्ति प्रस्थान गरेका छन् । कतारी विमानबाट उनीहरू दोहा आउन लागेका हुन् । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि अमेरिकामा पक्राउ परेका पाँच जना इरानी नागरिकलाई थुनामुक्त गर्नेसम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेका छन् । अब उनीहरू पनि हिरासतमुक्त भएका छन् । 

तेहरान र वासिङ्टनबीच भएको बन्दी आदानप्रदानको सम्झौताको पूर्वशर्त नै रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा हुनुपर्ने तेहारानको माग थियो ।  अमेरिकाको अनुरोधमा दक्षिण कोरियाले रोक्का गरेको इरानी छ अर्ब अमेरिकी डलर निकासा दिएपछि उनीहरू हिरासतमुक्त भएका हुन् । कतारको मध्यस्थतामा रकम निकासा भएको हो । 

इरानले अब विश्वका अन्य देशमा रोक्का गरिएको आफ्नो वैधानिक सम्पत्ति फुकुवा हुने विश्वास व्यक्त गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्