प्रधान सेनापति प्रभुराम शर्माले सोमबार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी विष्णु राउतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । उनी नेपाल सरकारको भाद्र २९ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका थिए । उपरथी राउत पदोन्नतिसँगै संभाररथीमा नियुक्त भएको नेपाली सेनाले जनाएको छ ।
प्रधान सेनापतिले सोही अवसरमा मानार्थ उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी भरतचन्द्र गुरुङ्ग, लेखा सहायक रथी दर्जामा पदोन्नति भएका लेखा महासेनानी विनोद थापा र महासेनानी दर्जामा पदोन्नति भएका प्रमुख सेनानी हरि बहादुर विश्वकर्मालाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।