
काठमाडौं, ४ असोज - चीनबाट ल्याइएको तस्करीको सुन कारबारको आरोपमा प्रहरीले पाँच जना व्यापारीलाई पक्राउ गरेको छ । प्रहरीले पाँच जना सुन व्यवसायीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।
महानगरीय प्रहरी अपराध मशाखाले सोमवार उनीहरुलाई नियन्त्रणमा लिएर बुधवार
मात्रै सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा रविश्पायाम ट्रेडर्सका सत्यनारायण अग्रवाल, शाक्य सुनचाँदी पसलका मालिक सुगरत्न शाक्य, कार्यविनायक सुनचाँदी पसलका मालिक गणेशदत्त बडु, उल्लास दिनकर सालुखे र पशुपति सुनचाँदी पसलका मालिक नन्दकुमार मर्गले रहेका छन् ।
व्यापारीहरुले चीनबाट अवैध रुपमा ल्याइने सुन किन्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको अपराध महाशाखाका एसपी दिवेश लोहनीले बताए । पक्राउ परेका सबै जनालाई काठमाडौं अदालतमा पेश गरिएको छ ।