०७ साउन २०८३, बिहीबार

रूपन्देहीमा मजदुरका दुई समूहबीच झडप : एकको मृत्यु, तीन गम्भीर घाइते

असोज २, २०८०
बुटवल
रूपन्देहीमा मजदुरका दुई समूहबीच झडप : एकको मृत्यु, तीन गम्भीर घाइते

रूपन्देहीको तिलोत्तमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-९ केरवानीमा मजदुरी गर्दै आएका दुई समूहबीच झडप हुँदा हेटौडा घर भई मंगलापुरमा बस्दै आएका सुरेश साङताङको मृत्यु भएको हो । 

झडपमा तीन जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । 

मदिरा सेवन गरेका मजदुरहरू धारिलो हतियारसहित झडपमा उत्रिएका थिए । झडपका क्रममा काठमाडौं महानगरपालिका–१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ घाइते भएको उनले बताए । 

घाइते तीनै जनाको अवस्था गम्भीर रहेको बताइएको छ । झडपमा संलग्न १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्