×

Dabur
MG

०८१ मा सशस्त्रको गुल्म कमाण्ड गर्ने डीएसपीको पूर्वानुमान सूची प्रकाशित

काठमाडाैं | असोज २, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

सशस्त्र प्रहरी बलको मुख्यालयले ०८१ सालमा गुल्म कमाण्ड गर्ने सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको पूर्वानुमान सूची प्रकाशित गरेको छ ।

yONNEX
Sagarmatha Cement

समान अवसर प्रदान गर्ने नीति संगठनले लिएबमोजिम मंगलवार सबै युनिटलाई सूची पठाइएको सशस्त्रका सहायक प्रवक्तासमेत रहेका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।  


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

जसअनुसार सशस्त्रका अनाश्रित तथा आश्रित गुल्म कमाण्डमा ५० जनाको मुख्य र १० जनाको बैकल्पिक सूचीमा गरी जम्मा ६० जना सशस्त्र डीएसपीको नामावली प्रकाशित गरिएको छ । 


Advertisment
Kumari
Saurya island
Pardeshi

‘प्रधान कार्यालयस्थित कर्मचारी प्रशासन शाखाले केन्द्रीय जेष्ठताका आधार तयार गरी कमाण्डको जिम्मेवारी प्राप्त नगरेका डीएसपीहरूको पूर्वानुमान सूची तयार गरिएको हुँदा संगठनले तर्जुमा गरेका नीतिलाई सबैले आत्मासाथ गरी प्राप्त जिम्मेवारीलाई इमान्दारी पूर्वक सम्पादन गर्नु सबैको कर्तव्य रहने मुख्यालयको विश्वास छ,’ सशस्त्रले मंगलवार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

Vianet communication
Laxmi Bank

एफपीयू मिसन, अनपोल मिसन, प्रोफेसनल लेभलको यूएन मिसन र १ वर्षभन्दा बढी अवधिको विदेश तालिमबाट फिर्ता भएका अधिकृतहरूलाई भने ६ महिना अवधिसम्म कमाण्डको जिम्मेवारीमा सरुवा नगरिने संगठनको नीति रहेको पाइएको छ । 

‘यस्तै एकपटक पनि कमाण्डको जिम्मेवारीमा नखटिएका डीएसपीहरूलाई पहिलो प्राथमिकता राखी पूर्वानुमान सूची तयार गरिएको हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘यसैगरी पूरा अवधि कमाण्ड नगरेका डीएसपीहरूलाई समेत कमाण्ड गरेको अवधिका आधारमा कमाण्डको अवसर पाउने गरी पूर्वानुमान सूची तयार गरिएको हो । पूर्वानुमान सूची प्रकाशन गर्ने नीतिपछि कमाण्ड जान अस्वस्थ प्रतिस्पर्धा, बाह्य दबाब र कोही कमाण्ड गरिरहने, कोही कमाण्डबाट बन्चित हुने अवस्थाको अन्त्य भएको छ ।’ 
 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ६, २०८०

दाङको तुलसीपुरमा शनिवार खुकुरी प्रहारबाट महिलाको हत्या भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुराकी ४३ वर्षीया रिता लामिछानेको हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादु मल्लले जा...

असोज ५, २०८०

नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबमा मलेसिया पठाइदिन्छु भनी रु तीन लाख ठगी गर्ने डोटी शिखर नगरपालिका ...

असोज ५, २०८०

सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख रुपैयाँभन्दा बढीको नक्कली नेपाली नोटसहित पक्राउ परेका दुई जनालाई शुक्रबार सार्वजनीक गरिएको छ ।  पक्राउ पर्नेमा सङ्खुवासभा पाँचखपन नगरपालिका–५ का विवेक ...

असोज ४, २०८०

 चोरीको मोटरसाइकल सहित काठमाडौँको गोकर्णेश्वनर नगरपालिका ७ दक्षिणढोकाबाट एक जनालाई बिहीबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।  सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका ३ का ३५ वर्षीय विनोद ...

असोज ६, २०८०

ललितपुर– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार गरिएको छ  ।  उद्धार गरिएका किशोरीलाई मन्त्री निवास पुल्चोकमा आज स्वागत गर्दै ...

असोज ४, २०८०

बाँकेको नेपालगन्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिक पक्राउ परेका छन् ।  जहाजमा काठमाडौं जाने तयारीमा रहेका भारतको मध्य प्रदेशका उनीहरूलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x