२८ जेठ २०८३, बिहीबार
संविधान दिवस

संविधान दिवसका अवसरमा राष्ट्रपतिले गरे ६७० जना कैदीको सजाय माफी मिनाहा

असोज २, २०८०
काठमाडौं
संविधान दिवसका अवसरमा राष्ट्रपतिले गरे ६७० जना कैदीको सजाय माफी मिनाहा

संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीको सजाय माफी मिनाहा गरेका छन् । 

उनले ३ ज्येष्ठ नागरिकसहित ६७० जनाको सजाय माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले मंगलवार एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

यसअघि मन्त्रिपरिषद्को भदौ २९ गतेको बैठकले उनीहरूको सजाय मिनाहाका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

सरकारको सिफारिस कार्यान्वयन गर्दै राष्ट्रपतिले माफी मिनाहा दिएका हुन् । 
 


 

salt training

कमेन्ट गर्नुहोस्