०२ साउन २०८३, शनिबार

औपनिवेशिक युगको संसद् छोडेर भारतीय सांसद सरे नयाँ भवनमा: गणेश चतुर्थीको साइत, मोदीको उद्घाटन

असोज २, २०८०
काठमाडौं
औपनिवेशिक युगको संसद् छोडेर भारतीय सांसद सरे नयाँ भवनमा: गणेश चतुर्थीको साइत, मोदीको उद्घाटन

गणेश चतुर्थीको साइत पारेर औपनिवेशिक युगको संसद्बाट भारतीय सांसदहरू मंगलवारदेखि नयाँ संसद् भवनमा सरेका छन् । पुरानो संसद् भवन अघिल्लो शताब्दीमा बेलायती शासकले निर्माण गरेका हुन् । 

बेलायती शासनकालमा बनाइएका भवन छाडेर उनीहरू त्रिभुजाकार नयाँ भवनमा सरेका हुन् । नयाँ संसद् भवनमा आठ सय जनप्रतिनिधि सहजै बस्नसक्नेछ । उक्त भवनको गत महिना प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए । विपक्षी दलका सांसदले उक्त समारोह वहिष्कार गरेका थिए ।

सभामुखले मंगलवारका लागि संसद्को विशेष बैठक आह्वान गरेका थिए । यसै मेसोमा  नयाँ भवनमा विधायकहरू स्थानान्तरण भएका हुन् । मंगलवार भएको तल्लो सदनको बैठकमा सांसदहरूमा महिला प्रतिनिधित्वको ३३ प्रतिशत ‘कोटा’ राख्ने विधेयक पेश गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्