२६ जेठ २०८३, मंगलबार

डिशहोम फाइवरनेटको नयाँ अफर 'कनेक्सनको दोब्बर उत्सव', उच्च गतिको इन्टरनेटसँगै डबल ब्यान्डविथ​

असोज ३, २०८०
काठमाडौं
डिशहोम फाइवरनेटको नयाँ अफर 'कनेक्सनको दोब्बर उत्सव', उच्च गतिको इन्टरनेटसँगै डबल ब्यान्डविथ​

डिशहोम फाइवरनेटले कनेक्सनको दोब्बर उत्सव अफरको सार्वजनिक गरेको छ ।

छिटो र भरपर्दो इन्टरनेट सबैको आवश्यकता बनिसकेकाले त्यसैलाई मध्यनजर गर्दै अफर सार्वजनिक गरिएको डिशहोमले जनाएको छ ।

अफर अन्तर्गत डिशहोम फाइवरनेटको नयाँ कनेक्सन लिने ग्राहकले एक दाममा डबल ब्यान्डविथ अर्थात् अब ५० एमबीपीएसको पैसा तिर्दा १०० एमबीपीएसको ब्यान्डविथ पाउनेछन्।

साथै सुलभ मूल्यमा फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन सकिने कम्पनीले जनाएको छ ।

ग्राहकहरूले आफ्नो बजेट अनुसारको इन्टरनेट र टीभी प्याकेज छानि छानी लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहकसेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको कम्पनीले दाबी गरेको छ। 

डिशहोम फाइवरनेटको जडान तथा अन्य सेवाहरु नजिकैको डिलर दाइ अथवा हाम्रो ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१ ५९७०३६५ मा फोन गरेर लिन सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्