२७ जेठ २०८३, बुधबार

एसियाली खेलकुद : भलिबलमा नेपाल प्रतियोगिताबाट बाहिरियो

असोज ३, २०८०
काठमाडौं
एसियाली खेलकुद : भलिबलमा नेपाल प्रतियोगिताबाट बाहिरियो

 १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गतको पुरुष भलिबल खेलमा नेपाल इरानसँग पराजित भएको छ ।

चीनमा भएको उक्त प्रतियोगितामा नेपाल इरानसँग ३–० को साझो सेटमा पराजित भएको हो । यससँगै नेपाल लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बहिरिएको छ । हिजो भएको पहिलो खेलमा नेपाल बहराइनसँग ३–१ को  सेटमा पराजित भएको थियो

    आज भएको खेलमा  नेपाल इरानसँग ९–२५, १४–२५, र १३–२५ ले पराजित भयो । एसियाली खेलकुदको औपचारिक उद्घाटन भने यही असोज ६ गते हुनेछ । उद्घाटनअघि भलिबल, फुटबल र क्रिकेट खेल हिजोदेखि नै सुरु भइसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्