२८ जेठ २०८३, बिहीबार

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

असोज ४, २०८०
कञ्चनपुर
स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

मध्यरातमा बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि कञ्चनपुरको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले दोषीलाई कारबाहीको माग गरेका छन् ।

मङ्गलबार मध्यरातमा सोही स्वास्थ्य केन्द्रमा कार्यरत अहेब नरेन्द्रप्रसाद गैरेमाथि बेलौरी गोकुलपुरका रामबहादुर खड्काले कुटपिट गरेका थिए । केन्द्रमा दुर्घटनामा परी घाइते भएका बेलौरीकै बाबुराम चौधरीको उपचारका खटिएका बेला खड्कासहितको समूहले कुटपिट गरेको भन्दै स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले बुधबार प्रेस विज्ञप्ति जारी गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।

घटनाको यर्थात छानबिन गरी दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म बिहीबारबाट आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनीसमेत दिएका छन् ।

त्यसैगरी नेपाल सिएमए सङ्घ कञ्चनपुरले श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीलाई कुटपिटमा संलग्न व्यक्तिलाई कारबाहीको माग गरेको छ । सङ्घले प्रेस विज्ञप्ति जारी गरी स्वास्थ्यकर्मी गैरेमाथि कुटपिटमा संलग्नलाई कारबाहीको माग गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्