×

सरसर्ती २४ घण्टा

शिक्षकको आन्दोलनले सामुदायिक विद्यालय ठप्प, माओवादीको पत्रले समाजवादीमा हलचल

काठमाडाैं | असोज ४, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
विद्यालय शिक्षा विधेयक २०८० को विरोधमा देशभरका शिक्षक आन्दोलित भएका छन् । काठमाडौँमा भेला भएर देशभरका शिक्षकहरुले अनिश्चितकालीन आन्दोलन थालेका हुन् । आन्दोलनको पहिलो दिन बुधबार ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँको माइतीघर आएर आन्दोलन थालेका छन् । उनीहरुले आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । 

सरकारले आन्दोलनको कार्यक्रम छाडेर वार्तामा आउनका लागि शिक्षक महासंघलाई आग्रह गरेपनि वार्तामा बस्न अस्वीकार गर्दै आएका छन् । शिक्षा मन्त्रालयस्तरबाट आफूहरुका माग सम्बोधन नहुने भएकाले शिक्षा मन्त्रालय र मन्त्रीले बोलाएको बैठकमा बस्नुको कुनै औचित्य नभएको महासंघको भनाइ छ ।


Advertisment

महासंघले विभिन्न १८ बुँदे असहमति राखेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । महासङ्घको आन्दोलनले देशभरको पठनपाठन प्रभावित बनेको छ । 
००००
काठमाडौं महानगरपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरूलाई आग्रह गरेको छ । 


Advertisment

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौं केन्द्रित आन्दोलन  शुरू भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको हो । तर शिक्षकहरुले सो आग्रहलाई बेवास्ता गरेका छन् । 
००००
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ । पार्टी एकताको विषयमा कोष्टभित्र रहेको माओवादी केन्द्र फेर्ने विषयमा महाधिवेशनबाट निर्णय गरिने जानकारीसहित प्रचण्डले भदौ ३० गते पार्टी एकताका लागि पत्र पठाएका हुन् ।

नेसपाका पहिलो अध्यक्ष डा बाबुराम भट्टराई भारत भ्रमणमा रहेको समयमा एकाताका लागि यादवलाई पत्र पठाइनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । समाजवादीमा बाबुराम भट्टराई एकतामा अनिच्छुक देखिएपनि महिन्द्ररायलगायत एकताको पक्षमा रहेको बताइन्छ । 

यसैबीच लोकान्तरसँगको अन्तरवार्तामा रायले आफू माओवादीको सांसद भएको र सोही पार्टीलाई नै लेवी तिरिरहेको बताएका छन् । सहमतिअनुसार नै प्रचण्डले पार्टी एकताको पत्र पठाएको उनको भनाइ छ । 
००००
संविधान दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । सरकारको आह्वानमा बुधबार सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस विशेष समारोह गरियो । यसैगरी राष्ट्रपति भवन शीतल निवासमा पनि विशेष समारोह गरियो । 

यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि संविधान दिवसका अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
नक्सालस्थित नारायणचौरमा एमालेले बुधवार संविधान दिवसको दिन राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरेको हो ।
००००
यसैबीच संविधान दिवसका दिन राप्रपा नेपालले भने बुधबार देशव्यापीरुपमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ ।  राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनासहित संघियताको खारेजीको माग राख्दै राप्रपा नेपालले विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा काठमाडौंमा सो पार्टीका जिल्ला अध्यक्ष श्याम घिमिरे, सहायक महामन्त्री धनबहादुर थापा, ट्रेड युनियन महासंघका केन्द्रीय महासचिव आनन्द रिसाल, केन्द्रीय सदस्य कृष्ण कार्की तथा हेटौंडामा पार्टी जिल्ला सचिव भृगु कार्की सहित रमेश चौँलागाई, रोम सापकोटा, नवराज अधिकारी, कृष सापकोटा र कृष्चल सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।
००००
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा परिवारका अन्य सदस्यले सहयोग गरेको भए अहिलेको परिणाम नआउने बताएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यालय बिपी नगरमा आयोजित बिपी साहित्य महोत्सवको तेस्रो दिनको कार्यक्रममा ‘परिवारले बुझेको बिपी’ विषयक अन्तरसंवादमा उनले पार्टीको नेतृत्व लिने कुरा सबै परिवारकै सदस्यमा मात्र भर नपर्ने भन्दै देशभरका कार्यकर्ताको भावना र सुझावबमोजिम नै आफूले पार्टीको १४औँ महाधिवेशनमा प्रतिस्पर्धा गरेर सम्मान पाएको बताए। नेता कोइरालाले बिपीले लिएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि सान्दर्भिक भएको उल्लेख गरे ।
००००
अमेरिकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक क्षेत्रको विकासले मात्र प्रजातन्त्रको स्थायित्व सम्भव हुने बताएका छन्। उनले नागरिकको जीवनस्तर उकास्न भोकमरी विरुद्धको अभियान र प्रजातन्त्रको दिगो विकासका लागि बेरोजगारी न्यूनीकरण अपरिहार्य भएको उल्लेख गरे । 
००००
१९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गतको पुरुष भलिबल खेलमा नेपाल इरानसँग पराजित भएको छ ।
चीनमा भएको उक्त प्रतियोगितामा नेपाल इरानसँग ३–० को साझो सेटमा पराजित भएको हो । यससँगै नेपाल लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बहिरिएको छ ।
००००
विराटनगरको ग्रिनक्रस अस्पतालका सञ्चालक कृष्ण खवाससमेत नवजात शिशु बिक्री गरेको आरोपमा पक्राउ परेका छन् । नवजात शिशु बिक्री गरेको घटनामा संलग्न भएको खुलेपछि  पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

शिशुको बिक्री ग्रिनक्रस हस्पिटलबाट भएको र हस्पिटलबाट संस्थागत त्रुटि भएको अनुसन्धानबाट खुलेपछि सञ्चालक खवासलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन दाहालले जानकारी दिए । उनका अनुसार पक्राउ परेका खवासलाई मोरङ अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x